काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा ८०० बढी कर्मचारी थप गर्ने भएको छ ।
उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै विभिन्न क्षेत्रमा गरी ८०० बढी कर्मचारी करारमा राख्ने जानकारी दिइन् ।
उनका अनुसार ३०० जना कुचीकार, २६९ जना स्वास्थ्यकर्मी, १५१ जना नगर प्रहरी जवान, ५१ जना कार्यालय सहयोगी र ३२ जना चौकीदार करारमा राखिने छ ।
यी जनशक्ति करारमा राख्न महानगरपालिकाले ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।