हवाई भाडा ५४० रुपैयाँसम्म घट्यो, कहाँको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको छ ।

निगमले मंगलबार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएसँगै नागरिक उड्डयन प्राधिकरणले इन्धन शुल्क (फ्युल सरचार्ज) घटाइ हवाई भाडा समायोजन गरेको हो ।

प्रतिलिटर १६० रुपैयाँ रहेको हवाई इन्धनको भाउ ६ प्रतिशत घटाएर १५० रुपैयाँमा झारेपछि प्राधिकरणले सोही आधारमा हवाई भाडा घटाएको हो ।

प्राधिकरणका अनुसार मूल्य समायोजनपछि हवाई भाडा न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ५४० रुपैयाँसम्म घटेको छ । जसमा विराटनगर–नेपालगन्ज रुटमा सबैभन्दा धेरै ५४० रुपैयाँ घटेको छ ।

त्यस्तै, काठमाडौं–धनगढी ४४५, काठमाडौं–सुर्खेत ३४५, विराटनगर–पोखरा ३५५, पोखरा भद्रपुर ४०५, विराटनगर भैरहवा ३९५ रुपैयाँ घटेका छ ।

काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट)को भाडा ३४० रुपैयाँ घटेर अधिकतम भाडा ५ हजार १५० रुपैयाँ कायम भएको छ ।

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ खुल्यो Read Previous

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ खुल्यो

हवाई रुट सुनिश्चित बिना अन्तर्राष्ट्रिय विमानस्थलको औचित्यमै प्रश्न Read Next

हवाई रुट सुनिश्चित बिना अन्तर्राष्ट्रिय विमानस्थलको औचित्यमै प्रश्न