अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएके छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र दैलेखका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सोमध्ये २ लाख ५४ हजार ९०२ कित्ता आयोजना अति प्रभावित क्षेत्र नौमुले गाउँपालिका-३ का बासिन्दा र २ लाख ५४ हजार ९०२ कित्ता सो बाहेकका सम्पूर्ण दैलेखबासीका लागि छुट्याइएको छ ।

यस्तै, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ करोड ९८ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको १ लाख ९८ हजार ८२४ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अघिकतम २५ हजार कित्ताका लागि आवेदन दिन पाइने छ । कम्पनीको आइपीओमा असार २१ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर नबिकेमा स्थानीले ढिलोमा साउन ५ गतेसम्म आवेदन दिन पाउने छन् ।

स्थानीयले आयोजना स्थल, ग्लोबल आइएमई बैंक, एनआइसी एशिया बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई केयर रटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर रेटिङ’ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत् आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ।

 

अब बैंकिङ कसुर र साइबर अपराधका मुद्दा जिल्ला अदालतमा चल्ने Read Previous

अब बैंकिङ कसुर र साइबर अपराधका मुद्दा जिल्ला अदालतमा चल्ने

हवाई भाडा ५४० रुपैयाँसम्म घट्यो, कहाँको कति ? (सूचीसहित) Read Next

हवाई भाडा ५४० रुपैयाँसम्म घट्यो, कहाँको कति ? (सूचीसहित)