बैंकले साढे तीन खर्ब कर्जा प्रवाह गर्नसक्ने तरलता छ, ब्याजदर घट्दै छ : परशुराम क्षेत्री

काठमाडौं । ग्लाेबल आइएमई बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा बैंकिङ क्षेत्रका जानकार परशुराम कुँवर क्षेत्रीले वित्तीय संस्थामा तरलता फालाफाल भएकाे बताएका छन् ।
क्षेत्रीले संस्थाहरूसँग पर्याप्त स्राेत भएकाले ऋणकाे ब्याजदर न्यून रहेकाे बताएका हुन ।

अहिलेकाे तरलता अनुपात अनुसार बैंकहरूसँग साढे तीन खर्ब लगानीयाेग्य रकम रहेकाे उनले बताए ।
`बैक तथा वित्तीय संस्थाहरुले ९०% को सीडी रेसियोसम्म कर्जा प्रवाह गरेमा ३ असार २०८० को सीडी रेसियो ८३.८८प्रतिशतको आधारमा थप कर्जा ३ खर्ब ५४ अर्ब प्रवाह गर्न सक्नेछन,´ उनले भने, ` चालू आवको हालसम्म निक्षेप र कर्जाको वृद्वि क्रमशः रु ४ खर्ब १४ अर्ब र १ खर्ब ४१ अर्ब मात्र भएको छ। विगतको प्रवृति हेर्दा असारमा कर्जाभन्दा निक्षेप निकै बढी परिचालन भएको पाइन्छ ।´

क्षेत्रीले गत भदौ यताकै कम ब्याजदरमा आज ऋणपत्र बाेफकबाेल भएकाे बताए ।
`भुक्तानी अवधी ६ वर्ष भएको १० अर्बको विकास ऋणपत्रको लागि आज भएको बाेलकबाेलमा कटअफ ब्याजदर ६.९३ प्रतिशत कायम भएको छ । विकास ऋणपत्रमा यो व्याजदर २०७८ भाद्र ११ पछि सबै भन्दा न्यून हो,´ उनले भने ।

तरलता अधिक हुँदा हरेक बाेलकबाेलमा ब्याजदर घटिरहेकाे उनले बताए । `बजारमा तरलता यति धेरै छ कि आजकल हरेक वोलकवोलमा ब्याजदर तल आइरहेको छ,´ उनी भन्छन् ।

चालू आवमा सरकारले ५ अर्बको ट्रेजरी विल्स (१८२ दिन) असार १८ मा र १० अर्बको विकास ऋणपत्र (६ वर्ष) असार २१ मा बाेलकबाेल गर्न बाँकी छ। तर, असार २१ मै ७ अर्बको विकास ऋणपत्रको भुक्तानी समाप्त हुने उनले बताए ।

कर फछ्र्यौट आयोगका तत्कालीन अध्यक्षसहित तीन जनालाई ९ वर्ष कैद, ४ अर्ब जरिवाना Read Previous

कर फछ्र्यौट आयोगका तत्कालीन अध्यक्षसहित तीन जनालाई ९ वर्ष कैद, ४ अर्ब जरिवाना

हवाई इन्धनको मूल्य घट्यो Read Next

हवाई इन्धनको मूल्य घट्यो