हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । सरकारले हवाई इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर २६ रुपैयाँ घटाएको हो ।

निगमका अनुसार अब आन्तरिकतर्फको हवाई इन्धनको मूल्यमा प्रतिलिटर १५० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १५१ रुपैयाँ कायम भएको छ ।यसअघि आन्तरिकतर्फ प्रतिलिटर १५० रुपैयाँँ र बाह्यतर्फ प्रतिलिटर १७७ रुपैयाँ थियो ।

मूल्य समायोजनपश्चात् भारतको कोलकाताको हवाई इन्धन (आन्तरिकतर्फ) को बिक्री मूल्यको तुलनामा काठमाडौँमा बिक्री गरिने मूल्यप्रति लिटर ३.६९ रुपैयाँले सस्तो भएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको रहेको निगमले जनाएको छ ।

बैंकले साढे तीन खर्ब कर्जा प्रवाह गर्नसक्ने तरलता छ, ब्याजदर घट्दै छ : परशुराम क्षेत्री Read Previous

बैंकले साढे तीन खर्ब कर्जा प्रवाह गर्नसक्ने तरलता छ, ब्याजदर घट्दै छ : परशुराम क्षेत्री

पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै Read Next

पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै