कर फछ्र्यौट आयोगका तत्कालीन अध्यक्षसहित तीन जनालाई ९ वर्ष कैद, ४ अर्ब जरिवाना

काडमाडौं । विशेष अदालतले कर फछ्र्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महतसहित ३ जनालाई ९ वर्ष कैद सजाय सुनाएको छ ।

मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले अध्यक्ष महतसहित सदस्य उमेश ढकाल र आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको हो ।

अदालतले लुम्बध्वज महतलाई ९ वर्ष १ महिना कैद सुनाएको छ भने ढकाल र शर्मालाई ९/९ वर्ष कैद तोकेको छ । यस्तै, इजलासले उनीहरूलाई ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको छ ।

अदालतले यसअघि जेठ १८ गते तीनै जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । राजस्व चुहावट गरी १० अर्ब ९६ करोड बढी भ्रष्टाचार गरेको भन्दै अख्तियारले अख्तियारले २०७४ असारमा उनीहरु विरुघ मुद्दा दायर गरेको थियो ।

सानिमा बैंकले विपन्न महिलाको उपचार गर्न आर्थिक सहयोग गर्ने Read Previous

सानिमा बैंकले विपन्न महिलाको उपचार गर्न आर्थिक सहयोग गर्ने

बैंकले साढे तीन खर्ब कर्जा प्रवाह गर्नसक्ने तरलता छ, ब्याजदर घट्दै छ : परशुराम क्षेत्री Read Next

बैंकले साढे तीन खर्ब कर्जा प्रवाह गर्नसक्ने तरलता छ, ब्याजदर घट्दै छ : परशुराम क्षेत्री