सानिमा बैंकले विपन्न महिलाको उपचार गर्न आर्थिक सहयोग गर्ने

काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

बैंकमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ ।

सानिमा बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ ।

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ कार्यालय र १२२ वटा एटीएम संचालनमा रहेका छन् ।

 

नेप्सेमा एशियन लाइफको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा एशियन लाइफको बोनस सेयर सूचीकृत

कर फछ्र्यौट आयोगका तत्कालीन अध्यक्षसहित तीन जनालाई ९ वर्ष कैद, ४ अर्ब जरिवाना Read Next

कर फछ्र्यौट आयोगका तत्कालीन अध्यक्षसहित तीन जनालाई ९ वर्ष कैद, ४ अर्ब जरिवाना