नेप्सेमा एशियन लाइफको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।

नेप्सेमा एशियनको ८.५ प्रतिशत अर्थात् २४ लाख ७१ हजार ८९४.४२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

संसदमा खर्च कटौती प्रस्ताव पेस, अर्थ मन्त्रालयको खर्च घटाई १ रुपैयाँ कायम गर्न माग Read Previous

संसदमा खर्च कटौती प्रस्ताव पेस, अर्थ मन्त्रालयको खर्च घटाई १ रुपैयाँ कायम गर्न माग

सानिमा बैंकले विपन्न महिलाको उपचार गर्न आर्थिक सहयोग गर्ने Read Next

सानिमा बैंकले विपन्न महिलाको उपचार गर्न आर्थिक सहयोग गर्ने