काठमाडौं । मधेस र बागमती प्रदेशले आफ्नै बैंक खोल्ने घोषणा गरेका छन् । दुवै प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।
मधेस प्रदेशको आफ्नै वित्तीय संस्था खोल्न आवश्यक पूर्वाधार, अध्ययन अनुसन्धान तथा कानुनी संरचना तयार गर्न रू १० करोड विनियोजन गरेको छ ।
त्यस्तै, बागमती प्रदेशले पनि छुट्टै वित्तीय संस्थासम्बन्धी व्यवस्था बजेट वक्तव्यमा राखेको छ ।
‘प्रदेशभित्र वित्तीय साक्षारता र वित्तीय पहुँच अभिवृद्धि गर्न सङ्घीय सरकार, स्थानीय तह, वित्तीय संस्थाहरुसँगको सहकार्यमा आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । प्रदेश विकास बैंक स्थापनाका लागि अध्ययन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ,’ बागमती प्रदेशको बजेटमा भनिएको छ ।