काठमाडौं । किसानले काठमाडौंको कालीमाटीस्थित तरकारी बजारमा गोलभेँडा फालेका छन् ।
उत्पादित गोलभेँडाले उचित मूल्य नपाएको भन्दै किसानले आइतबार ठूलो परिणाममा गोलभेँडा फालेर विरोध जनाएका हुन् ।
भारतबाट आयातित गोलभेँडा महँगोमा बिक्री भइरहेको तर स्वदेशी गोलभेँडा प्रतिकिलो २ रुपैयाँमा पनि बिक्री नभएको भन्दै किसाले गोलभेँडा फालेका हुन् ।
विभिन्न स्थानका किसानले बिक्रीका लागि ल्याएका गोलभेँडा फालेका हुन् । व्यापारीहरुले करिब ३० हजार किलो गोलभेँडा सडकमा फ्याँकेका बताएका छन्।
आफूहरूको परिश्रमानुसार मूल्य नपाएपछि फाल्न बाध्य भएको उनीहरूको भनाइ छ ।