नेष्डोलाई उछिन्दै आत्मनिर्भर बन्यो सबैभन्दा महँगो सेयर हुने लघुवित्त, कति पुग्यो भाउ ?

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था सबैभन्दा महँगोे सेयर मूल्य हुने लघुवित्त कम्पनी बनेको हो ।

गत वैशाख १९ गतेदेखि कारोबारमा आएको आत्मनिर्भरले नेष्डो लघुवित्तलाई उछिन्दै सबैभन्दा धेरै सेयर मूल्य हुने लघुवित्त बनेको हो ।

कारोबारमा आएको यता लगातार १५ दिन पोजेटिभ सर्किट लागेको लघुवित्तको सेयर मूल्यमा गत साता केही करेक्शन आएको थियो । तर, आज लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट अर्थात् १० प्रतिशतले बढ्दै प्रतिकित्ता भाउ २३४३ रुपैयाँ पुगेको छ ।

यो नेप्सेमा सूचीकृत ५९ लघुवित्तमध्ये सबैभन्दा धेरै सेयर मूल्य हो । यसअघि नेष्डोको सेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता २०९५ रुपैयाँ रहेको थियो ।

हाल ६ करोड २३ लाख ३८० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको नेप्सेमा सर्वसाधरणतर्फको २ लाख ३ हजार ३८० कित्ता मात्र सेयर सूचीकृत छ । तुलनात्मक रुपमा वित्तीय अवस्था बलियो रहेको र सेयर संख्या न्यून रहेकाले लघुवित्तको सेयर मूल्य आकाशिएएको हो ।

उचित मूल्य नपाएको भन्दै कालीमाटीमा किसानले फाले गोलभेँडा Read Previous

उचित मूल्य नपाएको भन्दै कालीमाटीमा किसानले फाले गोलभेँडा

गएरातिको बाढीपहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति Read Next

गएरातिको बाढीपहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति