अरू बैंकले कार्टेलिङ गर्दा स्ट्याण्डर्ड चार्टर्डले भने घटायो निक्षेपको ब्याज

काठमाडौं ।स्ट्याण्डर्ड चार्टर्ड बैंकले असार महिनाका लागि निक्षेपको ब्याजदर घटाएको छ । अरु २० वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर स्थिर राखे पनि स्ट्याण्डर्ड चार्टर्डले भने घटाएको हो ।

नेपाल बैंकर्स संघले कार्टेलिङ गर्दै असार महिनामा निक्षेपको ब्याजदर नघटाउने निर्णय गरेको थियो । तर, स्ट्याण्डर्ड चार्टर्डले भने मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत घटाएको छ ।

असार महिनाका लागि स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ८.९९ प्रतिशत र संस्थागत मुद्दतीको ६.९९ प्रतिशत तोकेको छ । अरु २० वटा वाणिज्य बैंकले भने व्यक्तिगत मुद्दतीको ९.९९ प्रतिशत र संस्थागतको ७.९९ प्रतिशत जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

चार्टर्डले साधरण बचतमा भने अन्य बैंककै जस्तो न्यूनतम ५.४ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

यस्तै, जेठ मसान्तसम्म चार्टर्डको बेसरेट ९.३५ प्रतिशत रहेको छ । बैंकले सो बेसरेटमा न्यूनतम २ देखि अधिकतम ४.७५ प्रतिशतसम्म प्रिमियम जोडर कर्जा दिने जनाएको छ ।

 

 

दुई पटक संशोधन गरिएको बजेटको लक्ष्य पनि नभेटिने, पूँजीगत खर्च दयनीय Read Previous

दुई पटक संशोधन गरिएको बजेटको लक्ष्य पनि नभेटिने, पूँजीगत खर्च दयनीय

लक्ष्यको एक चौथाई पनि भएन कर्जा लगानी, बैंकहरू ऋण दिनभन्दा उठाउन केन्द्रित Read Next

लक्ष्यको एक चौथाई पनि भएन कर्जा लगानी, बैंकहरू ऋण दिनभन्दा उठाउन केन्द्रित