धौलागिरी र खप्तड लघुवित्तले पाए मर्ज हुन अन्तिम स्वीकृति, स्वाप रेसियो कति ?

काठमाडौं ।धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थालाई मर्ज हुन अन्तिम स्वीकृति दिएको छ ।

राष्ट्र बैंकले जेठ २४ गते दुवै संस्थालाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो । राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुवै कम्पनीले एकीकृत कारोबार सुरू गर्नेछन्।

मर्जरपछि धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुने भएको छ । दुई संस्थाबीच १००:७६ सेयर अनुपातमा मर्जर हुने सहमति भएको छ । मर्जरपछि खप्तड लघुवित्तको १०० कित्ता सेयर ७५ कित्ता कायम हुनेछ ।

मर्जरपछि एकीकृत लघुवित्तको चुक्ता पूँजी १०  करोड रुपैयाँ हुनेछ । हाल धौलागिरीको चुक्ता पूँजी ७ करोड  र खप्तडको ४ करोड रुपैयाँ छ ।

 

 

नेशनल हाइड्रोपावरको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

नेशनल हाइड्रोपावरको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन

सीजी हस्पिटालिटीले नवलपुरमा संचालनमा ल्यायो 'मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट' Read Next

सीजी हस्पिटालिटीले नवलपुरमा संचालनमा ल्यायो 'मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट'