काठमाडौं । सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमामिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्टगल्फ प्रेमीहरूका लागि झनै आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ ।
अध्यात्म, शान्ती र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावित हुने सीजी हस्पिटालिटीको विश्वास छ । सीजी इन्डस्ट्रियल पार्क भित्र सुन्दर गल्फ मैदानसँगै सञ्चालनमा आएको यस मिरायाका अतिथीहरूले गल्फको विशेष मज्जा लिन पाउने छन् । साथै, शाश्वतधामका दर्शनार्थीहरूका लागि समेत यो रिसोर्ट उत्तिकै सुविधाजनक हुनेछ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुखकार्यकारी अधिकृत (सीईओ) राहुल चौधरीले मिराया वेलनेश एण्ड गल्फ रिसोर्ट सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाण भएको बताए ।
‘वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमामिराया वेलनेश एण्ड गल्फ रिसोर्टलाई प्रस्तुतगर्न पाउँदा म हर्षित छु । सीजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरूलाई मूर्त रुप दिनेगरी तयार गरिएको छ । यहाँ हाम्रा पाहुनाहरूले फरक अनुभूति गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’
यो रिसोर्टलाई वेलनेस, आध्यात्मिक शान्तिसहित साहसिक कार्यको लागि नेपालको विशेष रिसोर्टका रुपमा लिइएको छ । मनमोहक देवचुली पर्वतको फेदमा अवस्थित यो रमणीय गन्तव्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्ने विश्वास लिइएको छ ।
मिराया रिसोर्टमा स्विमिङ् पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन् । साथैवाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलहरू जस्ताखास सुविधाहरू छन् । यहाँ देशको शीर्ष श्रेणीमा रहेको गल्फ कोर्स छ ।
रिसोर्टले विभिन्न प्रकारका डाइनिङ विकल्पहरू प्रस्तुत गरेको छ । वेलनेस वेगनएलाइभ रेस्टुरेन्ट, नेपाली इन्डियन भेजिटेरीयन कजाइन रेस्टुरेन्ट र स्पोट्र्स बार एण्ड ग्रिल, १९ औं होल जस्ता विकल्प उपलब्ध छन् ।
यो रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घण्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा रहेको छ । साथै, निजी हेलिकप्टरबाट २०–२५ मिनेटमा काठमाडौंबाट मिरायामाअवतरण गर्न सकिन्छ ।
रिसोर्ट विवाह, कर्पोरेट मिटिङ एवं अन्य गतिविधि र निजी योग रिट्रीटहरू सहित विभिन्न कार्यक्रमहरू होस्ट गर्न पनि सुसज्जित बनेको छ ।
सीजी हस्पिटालिटीका बारेमा
सीजी हस्पिटालिटी बहुराष्ट्रिय कम्पनी सीजीकर्प ग्लोबलको मातहतमा तीव्र गतिमा विस्तार भइरहेको एक प्रतिष्ठित आतिथ्य सत्कार कम्पनी हो ।
हस्पिटालिटी उद्योगमा दुई दशकलामो इतिहास रहेको सीजी हस्पिटालिटीको छाता भित्रताज सफारी, भीभान्ता, जेटविङ, इक्होे, फेयरमन्ट, र्याडिसन, द फर्न, समिट र द फार्म जस्ता प्रमुखआतिथ्य ब्रान्डहरू रहेका छन्। ।
हाल नेपाल, भारत, श्रीलंका, युनाइटेड अरब इमिरेट्स, भुटान, सिसेलिस, थाइल्याण्ड, चीन, फिलिपिन्स, संयुक्त राज्य अमेरिका, माल्दिभ्स केन्यालगायतविभिन्न १२ देशमा सीजी हस्पिटालिटी अन्तर्गत संचालित १५९ ओटा होटलहरू रहेका छन् जहाँ ८८६३ कोठाहरू रहेका छन् ।