काठमाडौं । नेशनल हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले हकप्रद प्रयोजनका लागि भोलि (असार १ गते)बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउने छन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८२ करोड २१ लाख ४५ हजार ९७ हजार १०० रुपैयाँ बराबरको ८२ लाख २१ हजार ९७१.७८ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
हाल १ अर्ब ६४ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि २ अर्ब ४६ करोड पुग्नेछ ।