मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

डा. अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतमा सचिव थिए ।

बैठकले मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

घोराही र शिवम् सिमेन्टमा कुनको सेयर किन्दा धेरै फाइदा ? Read Previous

घोराही र शिवम् सिमेन्टमा कुनको सेयर किन्दा धेरै फाइदा ?

नेशनल हाइड्रोपावरको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

नेशनल हाइड्रोपावरको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन