भैरहवा एयरपोर्टबाट मलेसिया उडान सुरु, टिकट झण्डै आधा सस्तो

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले उडान सुरु गरेको छ । नेपाल एयलाइन्सले आज मंगलवारबाट क्वालालम्पुर-भैरहवा सिधा उडान सुरु गरेको हो ।

पहिलो उडान आज बिहान ८ः४५ बजे मलेसियाबाट आएको न्यारोबडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । निगमको जहाज चढेर मलेयिाबाट फर्केका यात्रुलाई स्वागत गर्न संस्कृत तथा पर्यटनमन्त्री सुदन किराँती भैरहवा विमानस्थल पुगेका थिए ।

नेपाल एयरलाइन्सले जेठको पहिलो साता मलेसिया-भैरहवा उडानको घोषणा गरेको थियो । सुरुमा एकतर्फी भाडा ११ हजार रूपैयाँ घोषणा गरेर यात्रुलाई विशेष स्कीम दिएको निगमले अहिले भने मलेसिया-भैरहवा एकतर्फी भाडा ३१ हजार रुपैयाँ बनाएको छ । अहिले पनि काठमाडौंबाट मलेसियाको एकतर्फी भाडा ४० हजारदेखि ५६ हजार रूपैयाँसम्म रहेको निगमले जनाएको छ ।

अब निगमले काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौं रूटअन्तर्गत साताको एक दिन मंगलबार उडान गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

महिला क्रिकेटः ८८ रन बनाउन नसक्दा नेपाल पाकिस्तानसँग पराजित Read Previous

महिला क्रिकेटः ८८ रन बनाउन नसक्दा नेपाल पाकिस्तानसँग पराजित

महंगो बन्दै भान्सा : आलु र प्याजपछि खाने तेलको मूल्य बढ्ने Read Next

महंगो बन्दै भान्सा : आलु र प्याजपछि खाने तेलको मूल्य बढ्ने