महिला क्रिकेटः ८८ रन बनाउन नसक्दा नेपाल पाकिस्तानसँग पराजित

एसीसी महिला टि-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङको मङककमा आज भएको खेलमा नेपाल पाकिस्तानको ‘ए’ टिमसँग नौ रनको झिनो अन्तरले पराजित भएको हो । पाकिस्तान ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा छ विकेट गुमाएर ७८ रनमा समेटियो ।

नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रनको योगदान दिइन् । उनले ३२ बलमा सर्वाधिक २० जोडेकी हुन् । त्यस्तै कविता जोशीले १७ बलमा अविजित १५ रन बनाइन् । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

पाकिस्तान ‘ए’ की सईदा शाह र तुवा हसनले समान दुई÷दुई विकेट झारे भने अनुशा नासिर र उम्मी हानीले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पाकिस्तान ‘ए’ ले १९ दशमलब दुई ओभरमा सबै विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो । उसका लागी शवाल जुफिकले ३६ बलमा २८ रन बनाइन् भने कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाइन् ।

त्यस्तै गुल फरुजाले १८ बलमा ११ रन जोडिन् ।

बलिङतर्फ ईन्दु बर्माले तीन विकेट झारिन् भने कविता जोशी, कविता कुँवर र सीता रानामगरले समान दुई÷दुई विकेट लिए । यस जितसँगै पाकिस्तान ‘ए’ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल भने दोस्रो स्थानमा रहेको छ ।

भिसा समस्याका कारण थाइल्यान्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले उक्त प्रतियोगितामा अवसर पाएको थियोे । एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा विभिन्न आठ राष्ट्र सहभागी छन् । यसलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा मलेसिया, संयुक्त अरब इमिरेट्स ९युएई०, बंगलादेश र श्रीलंका ‘ए’ रहेका छन् । नेपालले अब आफ्नो दोस्रो खेल यही जेठ ३२ गते भारतसँग खेल्नेछ ।

बागमती प्रदेश सरकारको नीति विरुद्ध ट्याक्सीमा विभागको मापदण्ड Read Previous

बागमती प्रदेश सरकारको नीति विरुद्ध ट्याक्सीमा विभागको मापदण्ड

भैरहवा एयरपोर्टबाट मलेसिया उडान सुरु, टिकट झण्डै आधा सस्तो Read Next

भैरहवा एयरपोर्टबाट मलेसिया उडान सुरु, टिकट झण्डै आधा सस्तो