बागमती प्रदेश सरकारको नीति विरुद्ध ट्याक्सीमा विभागको मापदण्ड

"यस्तो छ ट्याक्सीको मापदण्ड"

काठमाडौं । यातायात ब्यवस्था विभागले ट्याक्सीको लागि नयाँ मापदण्ड प्रस्ताव गरेको छ । विभागको प्रस्तावित मापदण्ड बागमती प्रदेश सरकारको नीति विरुद्ध बनेको हो ।

बागमती प्रदेश सरकारले पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीलाई पूर्ण बन्देज लगाउँदै विद्युतीय ट्याक्सी मात्रे चलाउने नीति लिएकोमा विभागले पेट्रोलबाट चल्ने ट्याक्सी पनि चलाउन पाइने मापदण्ड प्रस्ताव गरेको हो । यसले प्रदेश सरकारको कार्यक्षत्र र संघिय विभागको कार्यक्षेत्रमा विवाद सृजना गराउने छ ।

विभागले प्रस्ताव गरेको ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धी मापदण्ड २०८०’ अर्डिनरी, डिलक्स र लग्जरी गरी तीन प्रकारका ट्याक्सी संचालन गर्ने उल्लेख गरेको छ ।

नयाँ मापदण्ड अनुसार ट्याक्सीमा न्यूनतम सुरक्षा फिचरमा एबीएस, इबीडी, दुई एयरब्याग, सिट बेल्ट रिमाइन्डर, हाइस्पीड अर्लट, रियर भ्यू क्यामेरा, सेन्ट्रल लक, चाइल्ड लक, पार्किङ सेन्सर जस्ता फिचर अनिर्वाय गरिएको छ ।

प्रिन्टर सिहतको डिजिटल भाडा मिटर, जीपीएस न्याभिगेसन, यात्रु खोज्दा हरियो बत्ती, यात्रु बोकेपछि रातो बत्ती र पार्किङमा राख्दा सेतो बत्ती बाल्नु पर्ने अनिर्वाय नियम प्रस्ताव गरिएको छ ।

विभागले ट्याक्सीको भाडादरमा फरक बनाउन अर्डिनरीको तुलनामा डिलक्स ट्याक्सीको भाडा २० प्रतिशत बढी र लग्जरी ट्याक्सीको १०० प्रतिशत बढी गर्ने प्रस्ताव गरिएको छ ।

यस्तो छ ट्याक्सीको मापदण्ड

साधारण ट्याक्सीको रुपमा अहिलेकै जस्तो ८०० सीसी माथिका गाडीलाई ट्याक्सी बनाउन पाइने छ । पावर हकमा ३० किलोवाट क्षमताको मोटर वा सोभन्दा माथिका हुनु पर्नेछ । यो विद्युतीयमा पनि लागु हुन्छ । त्यसैगरी टर्क ६० एनएम वा त्योभन्दा बढी, ह्वीलवेस २३०० एमएम वा त्योभन्दा माथि र बुट स्पेश १६० लिटर वा सोभन्दा माथि हुनु पर्ने उल्लेख छ । साधारण ट्याक्सीमा मनोरन्जनको लागि न्यूनतम एउटा स्पीकर हुनु पर्नेछ ।

डिलक्स ट्याक्सीको हकमा १२ सीसी वा सोभन्दा माथिको इन्जिन हुनुपर्छ । विद्युतीयको हकमा ब्याट्रीमा संचित हुने उर्जा र सवारीको कुलभार बीचको न्यूनतम अनुपात ०.०१९ हुनु पर्नेछ ।

त्यसैगरी डिलक्स ट्याक्सीको पावर न्यूनतम ५० किलोवाट, टर्क ८० एनएम, ह्वीलवेस २४०० एमएम र बुट स्पेश २०० लिटरको हुनुपर्ने छ ।

मनोरन्जनको लागि डिलक्स ट्याक्सीमा साउन्ड सिस्टम, टच स्कृन, अटोमेटीक झ्याल, एसी÷हिटर र पछाडि रिडिङ ल्याम्प हुनु पर्नेछ ।

लग्जरी ट्याक्सीमा २००० सीसी वा त्योभन्दा माथिको इन्जिन अनिर्वाय गर्न प्रस्ताव गरिएको छ । विद्युतीयको हकमा ब्याट्री पावर र साधनको तौल बीच ०.०२५ को फरक हुनुपर्ने उल्लेख छ ।

लग्जरी ट्याक्सीको पावर न्यूनतम १०० किलोवाट, टर्क १७० एमएम, ह्वीलवेस २७०० एमएम र बुट स्पेश ४०० लिटरको हुनु पर्नेछ । यस्ता ट्याक्सीमा साउन्ड सिस्टम, पछाडि बस्ने यात्रुको लागि टच स्कृन, अटोमेटीक विन्डो, एयर प्यूरिफायर सहितको अटोमेटीक क्लाइमेट कन्ट्रोल, रियर एसीभेन्ट, पछाडि हेड रेष्ट, पछाडि आर्मरेष्ट अनिर्वाय हुनु पर्नेछ ।

त्यसैगरी अगाडि र पछाडि नै कप होल्डर, रिडिङ ल्याम्प, वाइफाइको सुविधा, पछाडिको यात्रुलाई मोवाइल फोन चार्जर, हेड रुम र लेग रुम १००० एमएम हुनु पर्ने उल्लेख छ ।

बिजुली खपत दैनिक २ हजार मेगावाट पुग्यो, उत्पादनले नधानेपछि आयात Read Previous

बिजुली खपत दैनिक २ हजार मेगावाट पुग्यो, उत्पादनले नधानेपछि आयात

महिला क्रिकेटः ८८ रन बनाउन नसक्दा नेपाल पाकिस्तानसँग पराजित Read Next

महिला क्रिकेटः ८८ रन बनाउन नसक्दा नेपाल पाकिस्तानसँग पराजित