बिजुली खपत दैनिक २ हजार मेगावाट पुग्यो, उत्पादनले नधानेपछि आयात

काठमाडौं । पछिल्लो समय देशभर विद्युत् खपत बढेको छ । देशभर गर्मी बढ्दा बिजुलीको माग बढ्न गई खपत पनि ह्वात्तै बढेको हो ।

नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक २ हजार मेगावाटसम्म खपत भइरहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार गर्मी बढ्दै जाँदा मानिसहरूले विद्युत्काे खपत बढेको बताए ।

उनका अनुसार पिक आवरमा १ हजार ९५० देखि २ हजार मेगावाटसम्म विद्युत् खपत भइरहेको छ । ‘अहिले विद्युत् खपत बढेको छ, गर्मीले गर्दा दैनिक १९५० देखि २००० मेगावाट विद्युत् खपत भइरहेको छ,’ भट्टराईले चाणक्य पोष्टसँग भने ।

विगतमा १६०० मेगावटा हाराहारीमा विद्युत् खपत हुँदै आएको थियो । हाल नेपालले दैनिक पिक आवरमा माग पूरा गर्न ७०० मेगावाट आवर आयात भइरहेको उनले जानकारी दिए ।

काठमाडौं उपत्यकामा करिब ३०० मेगावाट विद्युत् माग छ । तराई क्षेत्रमा १६०० मेगावाट प्रतिघण्टा माग छ भने पहाडी क्षेत्रमा १५० मेगावाट हाराहारी बिजुली माग रहेको छ ।गर्मीका कारण फ्यान, एसी, कुलर, फ्रीज लगायतका उपकरणको बढी प्रयोगले खपत बढाएको हो ।

हाल निजी सरकारी गरेर दैनिक ६८ हजार ७०६ मेगावाट प्रतिआवर विद्युत् उत्पादन भइरहेको उनले बताए । विद्युत् प्राधिकरणको ९ हजार २६८ मेगावाट आवर विद्युत् उत्पादन गर्छ ।  सहायक कम्पनीले ७ हजार ४२८ मेगावाट आवर र निजी कम्पनीले १७ हजार ६८७ मेगावाट आवर गरि कुल ३४ हजार ३८३ मेगावाट आवर आन्तरिक विद्युत् उत्पादन गर्दै आएका छन् ।

विद्युत्को जडित क्षमता २६०० मेगावाट पुगेको छ । सबै जलविद्युत् आयोजना पानीमा आधारीत भएका कारण हालको माग धान्न भारतकै भर पर्नुपर्ने अवस्था रहेको छ ।

नेपालमा ९० प्रतिशत विद्युत् हाइड्रोपावरबाट उत्पादन हुन्छ । १० प्रतिशत सोलारबाट विद्युत् उत्पादन हुन्छ । प्राधिकरणले दुई साता अघिदेखि भारत निर्यात सुरू गरिसकेको छ । गत जेठदेखि मंसिरसम्म प्राधिकरण १० अर्ब बढीको बिजुली भारत निर्यात गरेको थियो ।

 

आलु र प्याजको भाउ करिब ३३ प्रतिशतसम्म बढ्ने Read Previous

आलु र प्याजको भाउ करिब ३३ प्रतिशतसम्म बढ्ने

बागमती प्रदेश सरकारको नीति विरुद्ध ट्याक्सीमा विभागको मापदण्ड Read Next

बागमती प्रदेश सरकारको नीति विरुद्ध ट्याक्सीमा विभागको मापदण्ड