ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न अदालतको आदेश

काठमाडौं । ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न प्रहरीलाई अदालतले आदेश दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ गर्न अनुमति पाएको हो।

 

जग्गा ठगीको आरोपमा हिरासतमा रहेका ज्योति ग्रुपका संचालक रुप ज्योतिमाथि अनुसन्धान गरिरहेको प्रहरीले उनका दाइ पद्म ज्योतिलाई समेत पक्राउ गर्न आदेश दिएको हो ।

 

गत बिहीबार मात्र ठगी अभियोगमा पूर्वमन्त्री एवम् व्यवसायी डा. रुप ज्योतिसहित उनकी छोरी सरुचि ज्योतिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

 

रुप ज्योतिलाई काठमाडौं जिल्ला अदालतले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको ठहर गरेको थियो। उनीविरुद्ध विजेन्द्र कृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै मुद्दा दायर गरेका थिए।

गन्तव्य विस्तारमा आक्रमक बन्दै हिमालय एयरलाइन्स, साउदीको रियादमा पनि उडान गर्ने Read Previous

गन्तव्य विस्तारमा आक्रमक बन्दै हिमालय एयरलाइन्स, साउदीको रियादमा पनि उडान गर्ने

आन्तरिक द्धन्दले थिचिएको महासंघ र शेखर गोल्छाले झेल्नु पर्ने चुनौति Read Next

आन्तरिक द्धन्दले थिचिएको महासंघ र शेखर गोल्छाले झेल्नु पर्ने चुनौति