काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा भवन निर्माण सम्पन्न गरेको छ ।
उक्त भवनको सोमबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशवप्रसाद दाहाल र संचालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमलप्रसाद ढकाल, कृष्णराज लामिछानेले संयुक्त रूपमा उद्घाटन गरे ।
कम्पनीको नयाँ भवन करिब ३,२२० वर्ग फीटमा फैलिएको छ । यस भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले पोखरामा घर खरिद गरी सेवा प्रवाह गर्नु रणनैतिक रूपमा एकदमै महत्वपूर्ण रहेको बताए । आगामी दिनहरुमा कम्पनीलाइ थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने उनले बताए ।
कम्पनीका संचालक समितिका सदस्य कमलेश अग्रवालले नेपाल लाइफको आफ्नै भवनको उद्घाटन गर्न पाउँदा हर्षले गदगद भएको बताए । निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य शहरहरुमा घरजग्गा खरिद गर्ने योजनासहित कार्यारम्भ गरिसकेको बताए ।