छात्रवृत्ति विवरण पेश गर्न ३४२ विद्यालयलाई ५ दिने अल्टिमेटम, अनुमति रद्द गर्ने चेतावनी (नामसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्तिको विवरण पेश नगर्ने ३४२ विद्यालयलाई ५ दिनको अल्टिमेटम दिएको छ ।

महानगरले सोमबार दोस्रो पटक सूचना प्रकाशित गर्दै ३४२ विद्यालयलाई छात्रवृत्तिको विवरण पेश गर्न ५ दिनको अल्टिमेटम दिएको हो ।

ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ।

जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने जानकारी पनि दिएको छ।

काठमाडौं महानगरपालिकाले गत जेठ १० गते सूचना जारी गर्दै सबै विद्यालयलाई १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो।

पर्यटकको आकर्षक गन्तव्य बन्दै लुम्बिनी, ५ महिनामै ४ लाख ७० हजारले गरे भ्रमण  Read Previous

पर्यटकको आकर्षक गन्तव्य बन्दै लुम्बिनी, ५ महिनामै ४ लाख ७० हजारले गरे भ्रमण 

नेपाल लाइफले पोखरामा बनायो सुविधा सम्पन्न भवन Read Next

नेपाल लाइफले पोखरामा बनायो सुविधा सम्पन्न भवन