ग्लोबलसँग मर्जर प्रक्रियामा रहेको जनता बैंकको नाफा १४ प्रतिशतले बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकसँग मर्जर प्रक्रियामा रहेको जनता बैंकले सन्तोषजनक प्रगति गरेको छ । बैैंकले सोमबार सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा १३.९७ प्रतिशतले बढाएको छ ।

 

जनताले असोज मसान्तसम्ममा ३६ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा ३२ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १८ करोड ५४ लाख रुपैयाँ छ। यस्तै बैंकको सेयरधनी कोष पनि ९६ करोडबाट १९ प्रतिशतले वृद्धि भई १ अर्ब १४ करोड ५७ लाख पुगेको छ ।

 

बैंकले असोज मसान्तसम्म बैंकले ७५ अर्ब ३ करोड ९० लाख निक्षेप संकलन गरि ६८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकको खुद ब्याज आम्दानीमा २५.४७ प्रतिशत वृद्धि भई ९९ करोड ७५ लाख आर्जन भएको छ ।

 

बैंकको प्रतिसेयर आम्दानी २.२४ रुपैयाँले बढेर १८.३४ रुपैयाँ पुगेको । बैंकको प्रतिसेयर नेटवर्थ १३७.५० रुपैयाँ रहेको छ । निष्कृय कर्जा अनुपातमा पनि बैंकले सुधार गरेको छ। यस अवधिमा बैंकको खराब कर्जा १.५४ प्रतिशतबाट घटाएर १.३३ प्रतिशतमा झारेको छ ।

प्रभु बैंकको नाफा ५ प्रतिशतले बढ्यो, अन्य सूचकमा कस्तो छ प्रगति Read Previous

प्रभु बैंकको नाफा ५ प्रतिशतले बढ्यो, अन्य सूचकमा कस्तो छ प्रगति

हिमालयन डिस्टिलरीको १०२ प्रतिशत लाभांश घोषणा Read Next

हिमालयन डिस्टिलरीको १०२ प्रतिशत लाभांश घोषणा