काठमाडौं । हिमालयन डिस्टिलरीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १०२.६३ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५० प्रतिशत बोनस र करसहित ५२.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल ३८ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन डिष्टीलरीको ५० प्रतिशत बोनस पश्चात ५७ करोड ८४ लाख रुपैयाँ पूँजी कायम हुनेछ।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते आइतबार बुक क्लोज गर्ने भएको छ । यसर्थ, यसको लाभांश हात पार्न मंसिर १२ गते बिहीबारसम्ममा सेयरधनी बनिसक्नुपर्नेछ ।
