प्रभु बैंकको नाफा ५ प्रतिशतले बढ्यो, अन्य सूचकमा कस्तो छ प्रगति

काठमाडौं । प्रभु बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार अधिकांश सूचकमा प्रगति गरेको छ ।

 

बैंकले खुद नाफा, प्रतिसेयर आम्दानी, सेयरधनी कोष, जगेडा कोष, निक्षेप संकलन, कर्जा लगानीलगायतका सूचकहरु बढाएको छ ।

 

बैंकले असोज मसान्तसम्ममा ६२ करोड ८४ लाख ६६ हजार रुपैयाँ मुनाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ५ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा बैंकले ५९ करोड ८४ लाख ३८ हजार मुनाफा कमाएको थियो।

 

प्रभुले प्रथम त्रैमाससम्ममा १ खर्ब ६ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी ९१ अर्ब ६८ करोड ५३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

८ अर्ब ८९ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिसेयर आम्दानी १.३५ रुपैयाँले बढेर बढेर २८.२७ रुपैयाँ पुगेको छ ।

 

बैंकको जगेडा कोष १२.४१ प्रतिशतले सुधार भएको छ । ३ अर्ब ९० करोड ७० लाखबाट बढेर ४ अर्ब ३९ करोड २१ लाख रुपैयाँ पुगेको छ ।खराब कर्जा बढेसँगै बैंकको वितरणयोग्य मुनाफा भने  घटेर ५ करोड ५७ लाख ६३ हजारमा खुम्चिएको छ।

 

यस अवधिमा बैंकको खराब कर्जा अनुपात २.५१ बाट बढेर ३.३२ प्रतिशत र कर्जा निक्षेप अनुपात ७७.८१ प्रतिशतमा पुगेको छ। बैंकको आधार ब्याजदर पनि गत वर्ष यसै अवधिमा ९.४९ रहेकोमा ९.२४ प्रतिशतमा झरेको छ ।

एनएमबी बैंकले घोषणा गर्‍यो आकर्षक लाभांश, बोनस र नगद कति Read Previous

एनएमबी बैंकले घोषणा गर्‍यो आकर्षक लाभांश, बोनस र नगद कति

ग्लोबलसँग मर्जर प्रक्रियामा रहेको जनता बैंकको नाफा १४ प्रतिशतले बढ्यो Read Next

ग्लोबलसँग मर्जर प्रक्रियामा रहेको जनता बैंकको नाफा १४ प्रतिशतले बढ्यो