काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई आकर्षक लाभांश दिने घोषणा गरेको छ ।बैंक सञ्चालक समितिको कार्तिक २४ गते सम्पन्न बैठकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको हो।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ६०० रुपैयाँ रहेको छ । २१ प्रतिशत बोनस वितरण पछि बैंकको चुक्ता पूँजी १३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ पुग्नेछ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र सेयरधनीले पाउनेछन्।
