पढाइसँगै गर्न सकिन्छ यस्ता खालका ‘पार्ट टाइम जब’

विद्यार्थीहरु कलेज पढ्न शुरु गरेपछि पढाइसँगै उनीहरुको अन्य विभिन्न शीर्षकमा खर्च बढ्न थाल्छ । यस्तो अवस्थामा हरेक कामका लागि अभिभावकसँग खर्च मागिरहन पनि अप्ठ्यारो लाग्ने गर्दछ, जुन स्वभाविक पनि हो ।

 

तपाईंको स्थिति पनि यस्तै छ भने खर्च जुटाउन पढाइसँगै पार्ट टाइम जब गर्न सक्नुहुन्छ । यस्तो किसिमको पार्ट टाइम जब छनोट गर्नुहोस्, जसले आफ्नो करीअर अगाडि बढाउन पनि सहयोग पुर्याओस् ।

 

कन्टेन्ट एडिटर

 

यो यस्तो जागीर हो, जुन सजिलै पाउन सकिन्छ । अहिले धेरै वेबसाइट खुलेका छन्, जहाँ तपाईं दिनमा २/४ घण्टा कपी एडिटिङ वा कन्टेन्ट राइटिङको काम गरेर राम्रो पैसा कमाउन सकिन्छ । यस प्रकारको जागीर गर्नका लागि सम्बन्धित भाषाको ज्ञान भने अवश्य पनि राम्रो हुनुपर्छ ।

 

अनलाइन रिसर्चर

 

यो जागीर गर्नका लागि सम्बन्धीत व्यक्तिको रुचि रिसर्चमा हुनु एकदमै जरुरी छ । किनकि, धेरैजसो मानिस यस्तो काम गर्न झन्झट मान्ने गर्दछन् ।

 

रिसर्च गर्ने तपाईको रुचि छ भने कर्पोरेट हाउस, मिडिया हाउसहरुमा असिस्टेन्टका रुपमा काम पाउन सकिन्छ । यो क्षेत्रको विशेषता के हो भने यसले तपाईको नेटर्वक बढ्नुका साथै आम्दानी पनि राम्रो हुन्छ ।

 

गेस्ट सर्भिस को–अर्डिनेटर

 

यो कामका माग धेरैजसो टुरिजम क्षेत्र तथा ठूला समारोहमा आएका पाहुनाको व्यवस्थापन गर्ने कम्पनीहरुमा हुन्छ । यहाँ पाहुना तथा क्लाइन्टहरुसँग छलफल गर्ने तथा उनीहरुको समस्या सुल्झाउने जस्ता काम गर्नुपर्छ ।

 

यस्तो कामबाट तपाईंको आत्मविश्वास बढ्नुका साथ–साथै व्यक्तित्व विकासमा पनि सहयोग पुर्याउछ ।

 

सोसल मिडिया असिस्टेन्ट

 

नयाँ मिडिया हाउसहरुमा यो पनि नयाँ जागीर हो । यहाँ तपाईंले कम्पनीको सोसल मिडिया अकाउन्ट सम्हाल्नुका साथै उनीहरुको कन्टेन्टको समेत व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

 

अनलाइन कम्युनिकेशन एशोसिएट

 

अहिले अनलाइन कम्युनिटी म्यानेजमेन्टको क्षेत्र बढ्दै गएको छ । यसमा तपाईंले वेब कन्टेन्ट अपडेट गर्नुका साथै सोसल मिडियासम्म हेर्नुपर्छ । यसैगरी, कन्टेन्ट मिलाएर राम्रो समाचार बनाउनुपर्ने पनि हुन सक्छ । यस्तो जागीरबाट तपाई राम्रो आम्दानी गर्न सक्नुहुन्छ ।

 

होम ट्युशन

 

विद्यार्थीका लागि होम ट्युशन पढाउनु आम्दानीको राम्रो स्रोत मानिन्छ । आफ्नो अनुभव र दक्षताको विषय तपाईं विद्यार्थीको घरमै गएर पढाउन सक्नुहुन्छ । अहिले खासगरी शहरी क्षेत्रमा यो काम लोकप्रिय बनेको छ ।

चोभारको अत्याधुनिक फलफूल बजार निर्माण पूरा नहुँदै कालीमाटीलाई दिने तयारी Read Previous

चोभारको अत्याधुनिक फलफूल बजार निर्माण पूरा नहुँदै कालीमाटीलाई दिने तयारी

एनएमबी बैंकले घोषणा गर्‍यो आकर्षक लाभांश, बोनस र नगद कति Read Next

एनएमबी बैंकले घोषणा गर्‍यो आकर्षक लाभांश, बोनस र नगद कति