काठमाडौं । डिजिटल भुक्तनी सेवा प्रदायक आइएमई पेले ‘रु १४ मा आइफोन १४’ नामक अफर ल्याएको हो । यो अफर अन्तर्गत १४ रुपैयाँमा आइफोन १४ जित्न सकिने भएको हो ।
आइफोन जित्न ग्राहकले आइएमई पे को ‘रु १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई गेम खेल्न सक्ने छन् । यो गेम ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउने छन्।
आइफोन जित्ने ग्राहकको आइएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पे मा फिर्ता हुनेछ।
आइएमई पे नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।