भारतबाट बढेर आयो डिजेल/पेट्रोलको भाउ, प्रतिलिटर कति ?

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्र्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आइओसीबाट बिहीबार प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर २.०४ रुपैयाँ र डिजेलमा २.११ रुपैयाँ भाउ बढेर आएको निगमले जनाएको छ ।

हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने घटेर आएको छ । हवाई इन्धन प्रतिलिटर ७ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर ४९ रुपैयाँ घटेर आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्र्रोलियम पदार्थको मूल्य बढेसँगै आइओसीले पनि निगमलाई भाउ बढाएर पठाएको हो ।
अन्तर्राष्ट्रि बजारमा हुने घटबढ अनुसार आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

५ महिनामा भित्रिए ४ लाखभन्दा धेरै विदेशी पर्यटक Read Previous

५ महिनामा भित्रिए ४ लाखभन्दा धेरै विदेशी पर्यटक

एलिट क्यापिटलले रिलायबल लाइफको आइपीओ प्रत्याभूति गर्ने Read Next

एलिट क्यापिटलले रिलायबल लाइफको आइपीओ प्रत्याभूति गर्ने