५ महिनामा भित्रिए ४ लाखभन्दा धेरै विदेशी पर्यटक

काठमाडौं । सन् २०२३ को पाँच महिना (जनवरी-मे)मा चार लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म कुल ४ लाख ४ हजार २५७ विदेशी पर्यटक भित्रिएका हुन् ।

मे महिनामा मात्रै ७७ हजार ७३० पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७७३ पर्यटक भित्रिएका थिए ।

तथ्याङ्कअनुसार मे महिनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार ६७५ पर्यटक भित्रिएका छन् । भारतपछि अमेरिकाबाट ८ हजार ५४५, चीनबाट ४ हजार ६६७, बेलायतबाट २ हजार ९२७, अष्ट्रेलियाबाट २ हजार १८४ जना पर्यटक आएका छन् ।

बङ्गलादेशबाट २ हजार १६४, मलेसियाबाट १हजार ३२१, जर्मनीबाट १ हजार १६५, फ्रान्सबाट १ हजार ९७ र दक्षिण कोरियाबाट १ हजार ३९ जना पर्यटक भित्रिएका छन् ।

भारतीय कम्पनीले पाए १०९५ मेगावाटका दुई आयोजना निर्माणको जिम्मा, नेपालले निःशुल्क बिजुली पाउने Read Previous

भारतीय कम्पनीले पाए १०९५ मेगावाटका दुई आयोजना निर्माणको जिम्मा, नेपालले निःशुल्क बिजुली पाउने

भारतबाट बढेर आयो डिजेल/पेट्रोलको भाउ, प्रतिलिटर कति ? Read Next

भारतबाट बढेर आयो डिजेल/पेट्रोलको भाउ, प्रतिलिटर कति ?