काठमाडौं । सुनको मूल्यले फेरि हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १२ हजार ५०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।
नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि हिजो (जेठ १७ गते) प्रतितोला १ लाख १२ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड राखेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि का कारण नेपाली बजारमा पनि सुनको मूल्य लगातार उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ९६२.११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।