प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेट 

काठमाडौं । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसलगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन  आयोजना गर्नेछन् । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गर्नेछन् ।

टेस्लाका मालिक एलन मस्क फेरि बने विश्वकै सबैभन्दा धनी व्यक्ति Read Previous

टेस्लाका मालिक एलन मस्क फेरि बने विश्वकै सबैभन्दा धनी व्यक्ति

सुनको भाउले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ? Read Next

सुनको भाउले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?