काठमाडौं । विश्वकै चर्चित विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
ब्लूमबर्गको तथ्याङ्क अनुसार मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछि पार्दै पुनः विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । यसअघि धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा रहेका अर्नाल्टले बुधबार मात्रै ५ अर्ब २५ करोड डलर बराबरको सम्पत्ति गुमाएका छन् ।
मस्कको कुल सम्पत्ति सोमबार लगभग १८७.१ बिलियन पुगेको छ। जब अर्नाल्टको सम्पत्ति १८५.३ बिलियन रहेको छ ।
गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओ मस्कलाई शीर्ष स्थानबाट हटाएर दुई महिनाभन्दा बढी समयदेखि सूचीमा पहिलो नम्बरमा रहँदै आएका थिए ।
मस्कले ट्वीटर किनेपछि प्रविधिमा फराकिलो बजार मन्दीको बीचमा गत वर्ष टेस्लाको स्टकमा तीव्र रूपमा गिरावट आएको थियो। टेस्लाको सेयर २०२३ सुरु भएदेखि भने बढेको छ ।
अर्नाल्ट ७४ वर्ष पुरानो फ्रान्सेली बिलासिताका सामानका व्यापारी हुन । उनले सन् २०२२ को डिसेम्बरमा मस्कलाई पछि पार्दै पहिलो पटक विश्वकै धनी व्यक्ति बनेका थिए