काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ ।
अमेरिको क्वालिटी स्ट्याण्डर्ड रजिस्टेकले डिश मिडिया नेटवर्कलाई आइएसओ ९००१ः२०१५ प्रदान गरेको हो ।
अमेरिको क्वालिटीले कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मूल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधार निरीक्षण गरी आइएसओ चिह्न प्रदान गरेको हो ।
स्याटेलाइट टेलिभिजन मार्फत नेपालको कुना काप्चामा गुणस्तरीय सेवा प्रदान गरिरहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा संचालन गरिरहेको छ ।
यस्तै, हाल सालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि संचालनमा ल्याएको छ । नेपालको पे–टीभी इन्डस्ट्रीमा आमूल परिवर्तन ल्याउन सफल रहेको डिशहोमले आफ्नो ग्राहकहरू उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मूल्यमा प्रदान गरिरहेको छ ।
ग्राहक सेवालाई अझ सहज बनाउन देशै भरी विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र संचालन गरिरहेको छ ।
उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्यसम्पादनको कारणले गर्दानै कम्पनीले आइएसओ प्रमाणीकरण प्राप्त गर्न सफल भएको छ । आगामी दिनमा कम्पनीले समय सापेक्ष प्रविधि प्रयोग गरी आफ्ना सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउँदै लैजान जनाएको छ ।