काठमाडौं । सुनको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । बुधबार छापावाल सुनको भाउ एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।
नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि गत वैशाख २१ गते प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ पुग्दै नयाँ रेकर्ड राखेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत भन्सारदर वृद्धि गरेसँगै सुनको भाउ ह्वात्तै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ९६०.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।