नेप्सेमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । मंगलबार ५३ अंकले घटेको नेप्से आज ३८ अंकले घटेको हो । दुई दिनमै नेप्से ९१ अंकले घटेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा यसअघि एफपीओ र मर्जरबाट प्राप्त लाभको कर तिर्नुपर्ने व्यवस्था गरेपछि नेप्सेमा लगातार गिरावट आएको हो ।

यो व्यवस्थापछि यसअघि मर्जरमा गएका र एफपीओ जारी गरेका संस्थाहरुले थप कर तिर्नुपर्ने भएको छ । जसकारण ती संस्थाहरुको नाफा झनै प्रभावित हुने भएको छ ।

सूचकमा उच्च गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । आज २ अर्ब ३१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

बुधबार नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा आइपुगेको छ । यसदिन २६५ कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.५३ प्रतिशतले घटेको छ ।

आज प्रभु बैंकको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको ३४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको साढे ११ करोड बढीको कारोबरा भएको छ ।

घट्दो बजारमा पनि आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० १० प्रतिशत कमाएका छन् ।

उच्च अंकले घटेको बजारमा दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले १० प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, युनिक नेपाल लघुवित्त ८.३५, दोर्दीखोला, पाँचथर पावर, श्वेतगंगा र बलेफी हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले घटेको छ ।

सुनको मूल्यले बनायो हालसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ? Read Previous

सुनको मूल्यले बनायो हालसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?

बागमती करिडोर निर्माण र सफाइका लागि २० वर्षे गुरुयोजना बनाइँदै Read Next

बागमती करिडोर निर्माण र सफाइका लागि २० वर्षे गुरुयोजना बनाइँदै