काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई गाभेर असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ ।
दुवै लघुवित्तले एक आपसमा गाभिन नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै असार १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् ।
दुई लघुवित्तले गत चैत १३ गते प्राप्ति सम्बन्धी अन्तिम सम्झौता गरेको थिए भने गत असोज १४ गते एक्वीजिसन सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।
डिप्रोक्सले आदर्शलाई समान हैसियत अर्थात् १:१ सेयर अनुपातमा गाभ्न लागेको हो । आदर्शलाई गाभेपछि डिप्रोक्सको चुक्ता पूँजी १ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।
गत फागुन ३० गते सम्पन्न दुवै लघुवित्तको साधारण सभाले मार्फत गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् ।