सबै किसिमका सिण्डिकेट हटाउने सरकारको घोषणा

अर्थमन्त्री डा प्रकाशशरण महत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सोमबार आव २०८०/०८१ को बजेट पेश गर्दै ।

काठमाडौं । सरकारले सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै दुर्गम तथा ग्रामीण क्षेत्रलगायत मुलुकभर अत्यावश्यक वस्तुको सहज र निर्वाध आपूर्ति सुनिश्चित गर्न उत्पादन, भण्डारण र वितरण प्रणालीमा सुधार गरिने बताएका हुन् ।

उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायातलगायत आधारभूत सेवाको गुणस्तरीयता सुनिश्चित गरिनेसमेत बताए । उपभोक्ताको हित संरक्षण गर्न सम्बन्धित निकायलाई सशक्त बनाई बजार अनुगमन तथा नियमनलाई सुदृढ गरिने बजेटमा उल्लेख गरिएको छ ।

देशभर उपलब्ध अत्यावश्यक खाद्य पदार्थ उत्पादन, मौज्दात तथा आपूर्तिको अद्यावधिक सूचना प्राप्त हुने प्रणाली विकास गरिने बजेटमा उल्लेख छ । सहुलियत मूल्यमा खाद्य वस्तु बिक्री वितरण गर्ने पसल सञ्चालन गर्न सहकारी संस्थालाई प्रोत्साहित गरिने नीति सरकारले लिएको छ ।

उड्ड्यन प्राधिकरणलाई पुनःसंरचना गरिने Read Previous

उड्ड्यन प्राधिकरणलाई पुनःसंरचना गरिने

आगामी वर्ष यी ८ विमानस्थल स्तरोन्नति गरिने Read Next

आगामी वर्ष यी ८ विमानस्थल स्तरोन्नति गरिने