आगामी वर्ष यी ८ विमानस्थल स्तरोन्नति गरिने

काठमाडौं। सरकारले आगामी वर्ष ८ वटा विमानस्थलको स्तरोन्नति गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

उनले विराटनगर, नेपालगञ्ज, भरतपुर र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाइने बताए ।

त्यस्तै, उनले रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने घोषणा गरेका छन् ।

सबै किसिमका सिण्डिकेट हटाउने सरकारको घोषणा Read Previous

सबै किसिमका सिण्डिकेट हटाउने सरकारको घोषणा

फास्ट ट्रयाकको बजेट घट्यो, आगामी वर्ष सबै ठेक्का लगाइने Read Next

फास्ट ट्रयाकको बजेट घट्यो, आगामी वर्ष सबै ठेक्का लगाइने