काठमाडौं । सरकारले काठमाडौं तराई/मधेश द्रुतमार्ग (फस्टट्रयाक) निर्माणका लागि चालु आर्थिक वर्षमा २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै फास्टट्रयाकको ठेक्का लाग्न बाँकी सबैखण्डको ठेक्का प्रक्रिया पूरा गरिने बताए ।
फस्टट्रयाकले चालु आवको तुलनामा साढे ७ अर्ब कम बजेट पाएको हो । चालु आवका लागि २९ अर्ब ९९ करोड बजेट छुट्याईकोमा हालसम्म करिब २६ प्रतिशत मात्र बजेट खर्च भएको छ ।
बजेट छुट्याइए पनि खर्च हुन नसक्ने भएपछि सरकारले फस्टट्रयाकको बजेट घटाएको हो ।