काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीन स्थानमा फ्लाइओभर र अण्डरपास निर्माण गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर तथा अण्डरपास बनाउन बजेट छुट्याइएको बताए ।
उनले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर आगामी वर्षभित्रै सम्पन्न गरिने बताए ।