काठमाडौं । सरकारले बचत तथा ऋण सहकारी संस्थाहरुलाई नियमन गर्न विशिष्टिकृत नियामक संस्था स्थापना गर्ने भएको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्ष २०८०/८१ को बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
बचत तथा ऋण सहकारी संस्थाको निश्चित भौगोलिक कार्यक्षेत्र तोकी प्रभावकारी नियमन गरिने उनले बताए ।