कन्ट्री रेटिङको प्रक्रिया अघि बढाइने, लाभांश फिर्ता लिने प्रक्रिया सहज बनाइने

काठमाडौं । सकारले विदेशी लगानी आकर्षित गर्न कन्ट्रि क्रेडीट रेटिङको प्रक्रिया अघि बढाउने भएको छ । आज संसदमा आगामी आर्थिक वर्षको बजेट प्र्रस्तुत गदै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन ।

लगानीको वातावरण सुधार गर्न मुलुकको कन्ट्रि क्रेडीट रेटिङ अघि बढाइने उनले बताए । विदेशी लगानीकर्ताको लागि लगानीको जोखिम न्यूनीकरण गर्न हेजिङ संस्था तोकि हेजीङ गरिने सरकारले बजेट मार्फत घोषणा गरेको छ ।

विदेशी लगानीको सुरक्षाको प्रत्याभूति दिने उनले बताए । विदेशी लगानीकर्ताले लाभांश फिर्ता लिने प्रक्रियालाई सरलिकृत गरिने उनले घोषणा गरे । वैदेशीक लगानी आप्रवाह हुनसक्ने मुलुकको पहिचान गरेर द्धिपक्षिय लगानी र दोहोरो कर मुक्ति सम्झौता गरिने उनले बताए ।

अन्तर्राष्ट्र्रिय कर प्रणालीका मान्यतालाई राष्ट्रिय कर कानुनमा समावेश गरेर विदेशी लगानीकर्ताको विश्वास आर्जन गरिने उनले बताए ।

सहकारी नियमन गर्न नयाँ नियामक स्थापन गरिने Read Previous

सहकारी नियमन गर्न नयाँ नियामक स्थापन गरिने

पूर्वाधार फन्ड स्थापना गरिने Read Next

पूर्वाधार फन्ड स्थापना गरिने