लक्ष्मी र सनराइज बैंक बीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो कति ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इच्छराज तातेडले मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १:१ को स्वाप रेसियोमा मर्ज हुने छन् । कम्पनीका अनुसार मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ ।

लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत हुने सहमती भएको छ । सञ्चालक समितिको अध्यक्ष भने मर्जरपछि बन्ने बैंकको प्रथम बैठकले चयन गर्नेछ । अब बैंकहरुले सो सम्झौतापत्र दुवै बैंकको साधारण सभामा पारित गर्नेछन् ।

त्यसपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्राप्त गरे दुवै बैंकले एकीकृत कारोबार शुरु गर्ने छन् । मर्जर सम्बन्धी प्रक्रियाहरु छिट्टै टुंग्याएर आगामी असार मसान्तभित्र एकीकृत कारोबार शुरु गर्ने लक्ष्य रहेको बैंकले जनाएका छन् ।

नारायणगढ मुग्लिन सडक खण्डमा सुख्खा पहिरोले सडक अवरुद्ध Read Previous

नारायणगढ मुग्लिन सडक खण्डमा सुख्खा पहिरोले सडक अवरुद्ध

सानिमा बैंकको नयाँ शाखा लमजुङको बेँसीशहरमा Read Next

सानिमा बैंकको नयाँ शाखा लमजुङको बेँसीशहरमा