काठमाडौं । सानिमा बैंक लिमिटेडले लमजुङको बेँसीशहर-७, त्रिवेणी टोलमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले जेठ जेठ ८ गतेदेखि उक्त शाखा संचालनमा ल्याएको हो ।
उक्त शाखा कार्यालयको उद्घाटन वरिष्ठ कलाकारद्वय (मह जोडी) मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले संयुक्त रुपमा गरेका हुन् ।
मह जोडीले लमजुङको बेसीशहरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी, सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकका देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा एटीएम संचालनमा रहेका छन् ।