बिजुलीको महशुल नतिर्ने २७० ग्राहक कालोसूचीमा

चितवन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले विगत लामो समयदेखि बक्यौता रकम नतिरेका २७० ग्राहकलाई कालोसूचीमा राखेको छ ।

वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीन पुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका पठाउने तयारी सुरु गरेको हो ।

कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार ती कार्यालयबाट पाउने सेवासमेत वञ्चित हुने गरी कार्यालयले परिपत्र गर्न लागेको हो । कार्यालयले कालोसूचीमा रहेका ग्राहकबाट रु ७४ लाख ९२ हजार ८८१ बक्यौता रकम उठाउन बाँकी छ ।

ती ग्राहकाले असार मसान्तसम्म बक्यौता रकम बुझाए जरिवानामा वितरण केन्द्रले १० प्रतिशत छुट दिने उनले जानकारी दिए । उनले भने, ‘बक्यौता तिर्ने ग्राहकका लागि यो छुट अवसर हो । सबैले प्रयोग गरौँ ।’

यस वितरण केन्द्रअन्तर्गत रु १ लाखभन्दा बढी बक्यौता महसुल भएका १२ ग्राहक रहेका छन् । बक्यौता रकम नतिर्ने अन्य ग्राहकलाई समेत कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको उनले बताए। उनका अनुसार सो वितरण केन्द्रमा हाल ६५ हजार ग्राहक छन् ।

देशभर ६ हजार झोलुङ्गे पुल आवश्यक, प्रत्येक १ घण्टाको दूरीमा बनाउन कति सम्भव ? Read Previous

देशभर ६ हजार झोलुङ्गे पुल आवश्यक, प्रत्येक १ घण्टाको दूरीमा बनाउन कति सम्भव ?

झन्डै आइपीओकै भाउमा कुमारी बैंकको ३.१६ लाख कित्ता किन्ने अवसर Read Next

झन्डै आइपीओकै भाउमा कुमारी बैंकको ३.१६ लाख कित्ता किन्ने अवसर