झन्डै आइपीओकै भाउमा कुमारी बैंकको ३.१६ लाख कित्ता किन्ने अवसर

काठमाडौं । कुमारी बैंकको ३ लाख बढी कित्ता संस्थापक समूहको (प्रमोटर) सेयर लिलामीमा आएको छ । बैंकले आजदेखि विद्यमान सेयरधनीको नाममा रहेको ३ लाख १६ हजार १४० कित्ता सेयर लिलामीमा ल्याएको हो ।

बैंकको यो लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जो अन्य व्यक्ति वा कम्पनीले आवेदन दिन सक्नेछन् ।

उक्त सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त लिलामी सेयरमा असार १० गतेसम्म बोलपत्र पेश गनए सकिने छ ।

लगानीकर्ताले बोलपत्र फारम बीओके क्यापिटल मार्केट, नारायणचौरमा पुग्ने गरी बुझाउनुपर्ने छ ।

बिजुलीको महशुल नतिर्ने २७० ग्राहक कालोसूचीमा Read Previous

बिजुलीको महशुल नतिर्ने २७० ग्राहक कालोसूचीमा

नेपाल बैंकले सेयर किन्न ३ दिनमै ऋण दिने, २ लाखदेखि पाइने Read Next

नेपाल बैंकले सेयर किन्न ३ दिनमै ऋण दिने, २ लाखदेखि पाइने