नेपाल बैंकले सेयर किन्न ३ दिनमै ऋण दिने, २ लाखदेखि पाइने

काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज भएसँगै कर्जा लगानी गर्न बैंकहरुले आकर्षक योजना ल्याउन थालेका छन् ।घर र विद्युतीय सवारी खरिदमा आकर्षक योजना ल्याइरहेका बैंकहरुले अब सेयर धितो कर्जा योजना पनि ल्याउन थालेका हुन् ।

यसैक्रममा, सरकारी स्वामित्वको नेपाल बैंकले सेयर धितो कर्जा योजना ल्याएको छ । नेपाल बैंकले ‘तपाईंको सेयरको उच्चतम उपयोगिता’का लागि भन्ने नाराका साथै सहुलियत ब्याजदरमा सेयर धितो कर्जा योजना ल्याएको हो ।

यस योजना अनुसार ऋणीले ३ कार्यदिन भित्रै कर्जा पाउने छन् । बैंकले बेसरेट ९.७६ प्रतिशतमा ३ प्रतिशत प्रिमियम जोडेर कुल १२.७६ प्रतिशत ब्याजदरमै सेयर धितो कर्जा दिने जनाइएको छ ।

बैंकले न्यूनतम २ लाखदेखि अधिकतम १२ करोडसम्म सेयर धितो उपलब्ध गराउने भएको हो । यस्तो कर्जा १ वर्षका लागि लिन सकिने बैंकले जनाएको छ । ऋणीको सन्तोषजनक कार्यसम्पादनको आधारमा यो ऋण नवीकरण पनि गर्न सकिने छ ।

झन्डै आइपीओकै भाउमा कुमारी बैंकको ३.१६ लाख कित्ता किन्ने अवसर Read Previous

झन्डै आइपीओकै भाउमा कुमारी बैंकको ३.१६ लाख कित्ता किन्ने अवसर

४२० खानी उत्खनन् गर्न विभागले दियो लाइसेन्स Read Next

४२० खानी उत्खनन् गर्न विभागले दियो लाइसेन्स