व्यापार घाटा १२ खर्ब नाघ्यो, निर्यात २४ प्रतिशत घट्यो

काठमाडौं । चालु आर्थिक वर्षमा १२ खर्ब रुपैयाँ बढीको व्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको १० महिना (साउन-वैशाख)को तथ्यांक अनुसार व्यापार घाटा १२ अर्ब ४ अर्ब रुपैयाँ पुगेको छ ।

यद्यपि, गत वर्ष वैशाखको तुलनामा चालु आवमा व्यापार घाटा १५.८५ प्रतिशतले कम भएको हो । गत वर्ष वैशाखसम्म व्यापार घाटा १४ खर्ब ३१ अर्ब रहेको थियो ।

चालु आवमा सरकारले विदेशी वस्तु आयातमा गरेको कडाइका कारण व्यापार घाटामा सुधार आएको हो । सरकारले गत पुस १ देखि मात्रै गाडी, मोबाइल लगायत विलासी वस्तुको आयात प्रतिबन्ध खुलाएको थियो ।

वैशाख मसान्तसम्म कुल १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । जसमा १३ खर्ब ३५ अर्ब रुपैयाँको वस्तु आयात हुँदा १ खर्ब ३० अर्ब रुपैयाँको निर्यात भएको छ ।

समीक्षा अवधिमा आयात र निर्यात दुवै घटेको छ । आयात गत आवको यसै अवधिको तुलनामा १६.७८ प्रतिशत र निर्यात २४.४९ प्रतिशतले खुम्चिएको छ ।

जहाजमा मुसा भेटिएपछि बुद्ध एयरले भन्यो-'लगेज राम्ररी प्याक गर्नू' Read Previous

जहाजमा मुसा भेटिएपछि बुद्ध एयरले भन्यो-'लगेज राम्ररी प्याक गर्नू'

जेठ १८ गतेदेखि आइपीओ बिक्री गर्दै रावा इनर्जी Read Next

जेठ १८ गतेदेखि आइपीओ बिक्री गर्दै रावा इनर्जी